इलाका प्रशासन कार्यालयबाट सेवा लिन आउनु भएका सेवाग्राहीहरुले सहायता कक्ष (Help Desk)मासम्पर्क गर्नुहोला । यस कार्यालयबाट प्रदान गरिने सेवाको लागि सेवाग्राहीले कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन । सरकारी दस्तुर वा शुल्क बुझाएपछि अनिवार्य रुपमारसिद लिनुहोला । रसिदमा तोकिएको रकम भन्दा बढी रकम नतिर्नुहोला । यस कार्यालयबाट सेवा लिन कोही कसैलाई भनसुन गराउन वा सोर्स लगाउनु पर्दैन । इलाका प्रशासन कार्यालयका कर्मचारीसँग राम्रो सम्बन्ध छ भनी कसैले कुनै काम मिलाइ दिन्छु भनेको छ भने त्यस्ता व्यक्तिको विश्वास नगर्नुहोस । आफ्ना महत्वपूर्ण कागजातहरु असम्बन्धित व्यक्तिहरुलाई नदिनुहोला । नगरपालिका वा गाउँपालिकाबाट सिफारिस भई आएका कामको लागि थप निवेदन लेख्नु पर्दैन ।