इलाका प्रशासन कार्यालय, रामपुर, पाल्पा
नागरिक वडापत्र
| क्र.सं. | सेवा सुविधाकाे विवरण | अावश्यक पर्ने कागजपत्र प्रमाणहरू | लाग्ने शुल्क | लाग्ने समय | जिम्मेवार कर्मचारी वा शाखा | गुनासाे सुन्ने कर्मचारी | क्षतिपूर्ति सम्बन्धी व्यवस्था | कैफियत |
| १. नागरिकता सम्बन्धी :- | ||||||||
| १.१ | वंशजकाे नाताले दिइने नागरिकता सम्बन्धी |
१. अनुसूची १ काे फाराममा वडा कार्यालयकाे सिफारिस २. बाबुकाे नागरिकता र विवाहित महिला भए पतिकाे नागरिकताकाे फाेटाेकपी समेत पेश गर्नुपर्ने । ३.साे नभए दाजु वा भाइ वा नजिककाे वंशज खुल्ने व्यक्तिकाे नागरिकताकाे फाेटाेकपी । ४.उपर्युक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु जस्तै लालपुर्जा अादि । ५. जन्म मिति खुल्ने एस.ई.ई./ एस.एल.सी. उत्तिर्ण गरेकाे शैक्षिक याेग्यताकाे चारित्रिक प्रमाणपत्र र लब्धांकपत्रकाे फाेटाेकपी वा जन्मदर्ताकाे फाेटाेकपी । ६. अटाे साइजकाे फाेटाे २ प्रति । नाेटः उपर्युक्त प्रमाण कागजातकाे साथै नाता खुल्ने व्यक्ति स्वयम् उपस्थित भै सनाखत गरिदिनुपर्ने । बसाईंसराई गरी अाउनेकाे हकमा निम्न लिखित थप कागजप्रमाण पेश गर्नुपर्नेः १. स्थानीय पञ्जिकाधिकारीकाे कार्यालयबाट जारी भएकाे बसाईंसराईकाे प्रमाणपत्र । २. जग्गाधनी प्रमाणपुर्जा । ३. नक्शा पास प्रमाणपत्र । ४. पानी, विजुली, टेलिफाेन अादिकाे महशुल कार्डकाे प्रमाण । |
रु १० काे टिकट | प्रमाण पुगेकै दिन | कार्यालय प्रमुख / नागरिकता शाखाका ना.सु. | कार्यालय प्रमुख | व्यक्ति र प्रमाणका सम्बन्धमा थप बुझ्नुपर्ने देखिएमा प्रहरी सर्जमिन गरिने । | |
| १.२ | वैवाहिक अंगिकृत नागरिकता (महिलाका लागि) |
१. अनुसूची ७ बमाेजिमकाे सम्बन्धित वडाकाे सिफारिस । २. पतिकाे नागरिकताकाे फाेटाेकपी । ३. विवाह दर्ताकाे प्रमाणपत्र । ४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएकाे प्रमाण (यसकाे नमुना फाराम डाउनलाेडमा उपलब्ध छ) । ५. पतिकाे सनाखत, पति नभएमा नजिककाे नातेदारकाे सनाखत र निजकाे नागरिकताकाे प्रमाणपत्र । ६. अटाे साइजकाे फाेटाे २ प्रति । |
रु १० काे टिकट | प्रमाण पुगकै दिन । |
कार्यालय प्रमुख / नागरिकता शाखाका ना.सु. |
कार्यालय प्रमुख | व्यक्ति र प्रमाणका सम्बन्धमा थप बुझ्नुपर्ने देखिएमा प्रहरी सर्जमिन गरिने । | |
| १.३ | कर्मचारी परिवारका लागि |
१. अनुसूची १ (वंशज) अथवा अनुसूची ७ (वैवाहिक अंगिकृत) सहितकाे स्थानीय वडा कार्यालयकाे सिफारिस । २. जिल्लामा कार्यरत नेपाल सरकारकाे स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी /शिक्षक भएकाे प्रमाण जस्तै परिचय पत्र । २. सम्बन्धित कार्यालयबाट नागरिकताकाे लागि सिफारिस गरेकाे पत्र । ३.अटाे साइजकाे फाेटाे २ प्रति । ४. पति / पिता, बाबुअामाकाे नागरिकताककाे प्रमाणपत्र । ५. विवाहित महिला भए विवाह दर्ता प्रमाणपत्र । ६.नाता खुल्ने व्यक्ति निजकाे नागरिकता सहित स्वयम् उपस्थित भै सनाखत गर्नुपर्ने । |
रु १० काे टिकट | प्रमाण पुगेकै दिन । |
कार्यालय प्रमुख / नागरिकता शाखाका ना.सु. |
कार्यालय प्रमुख |
||
| १.४ | नागरिकता नलिएकी सम्बन्ध विच्छेद भएकी महिलाका लागि । |
१. अनुसूची १ बमाेजिमकाे सम्बन्धित वडाकाे सिफारिस । २. बुबाअामाकाे नागरिकताकाे प्रमाणपत्र । ३.साे नभए दाजु वा भाइ वा नजिककाे वंशज खुल्ने व्यक्तिकाे नागरिकताकाे फाेटाेकपी । ४.उपर्युक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु जस्तै लालपुर्जा अादि । ५. जन्म मिति खुल्ने एस.ई.ई./ एस.एल.सी. उत्तिर्ण गरेकाे शैक्षिक याेग्यताकाे चारित्रिक प्रमाणपत्र र लब्धांकपत्रकाे फाेटाेकपी वा जन्मदर्ताकाे फाेटाेकपी । ६. अटाे साइजकाे फाेटाे २ प्रति । ७. सम्बन्ध विच्छेद भएकाे अदालतकाे फैसला । ८. सम्बन्धित वडाबाट सम्बन्ध विच्छेद भएकाे घटना दर्ता प्रमाणपत्र । |
रु १० काे टिकट | प्रमाण पुगेकै दिन |
कार्यालय प्रमुख / नागरिकता शाखाका ना.सु. |
कार्यालय प्रमुख |
प्रमाण कागजातकाे साथै नाता खुल्ने व्यक्ति स्वयम् उपस्थित भै सनाखत गरिदिनुपर्ने । | |
| १.५ | प्रतिलिपी नागरिकताकाे प्रमाणपत्रका लागि |
१. ताेकिएकाे ढाँचा अनुसारकाे वडाबाट प्रमाणित सिफारिस । २.सक्कल वा झुत्राे भएकाे नागरिकता वा नागरिकता प्रमाणपत्र नम्वर वा जारी मिति खुलेकाे प्रमाण । ३.विवाहित महिलाकाे लागि विवाह दर्ता (पति कायम गर्न ) ४. बसाईंसराई गरी अन्य जिल्लाबाट अाएका नागरिकले यस जिल्लाबाट नागरिकताकाे प्रतिलिपी लिन चाहेमा जग्गाधनी प्रमाणपुर्जा, नक्शा पास प्रमाणपत्र, पानी, विजुली, टेलिफाेन अादिकाे महशुल कार्डकाे प्रमाण । ५.अन्य जिल्लाबाट नागरिकता जारी भएका नेपाल सरकारका कर्मचारीहरूले अाफ्नाे परिचयपत्र, स्थानीय वडाकाे सिफारिस र निज कार्यरत कार्यालयकाे सिफारिस । ६. सम्बन्ध विच्छेद भएका महिलाले पतिकाे नामथर हटाई माइती तर्फकाे नागरिकता लिन चाहेमा अदालतकाे फैसला र सम्बन्धित वडाबाट सम्बन्ध विच्छेदकाे घटना दर्ता प्रमाणपत्र । ७. अन्य जिल्ला वा कार्यालयबाट जारी भएका नागरिकताकाे सम्बन्धमा उक्त जिल्ला वा कार्यालयबाट नागरिकताकाे अभिलेख झिकाएर मात्र नागरिकताकाे प्रतिलिपी जारी गरिनेछ । |
रु १३ काे हुलाक टिकट | प्रमाण पुगेकै दिन । |
कार्यालय प्रमुख / नागरिकता शाखाका ना.सु. |
कार्यालय प्रमुख |
सम्बन्ध विच्छेद भएका महिलाका लागि घटना दर्ता भएकाे मितिले ३५ दिन मात्र पछि नागरिकताकाे लागि निवेदन दिन सक्नेछन् । | |
| २. नाबालक परिचय पत्र सम्बन्धी :- | ||||||||
| २. | नाबालक परिचयपत्रकाे लागि |
१. ताेकिएकाे ढाँचा बमाेजिमकाे निवेदन फाराम र सिफारिस । २. बाबु र अामाकाे सक्कलै नागरिकता र त्यसकाे फाेटाेकपी । ३. अामा बुवाकाे विवाह दर्ता प्रमाणपत्र । ४. बाबु अामासँगकाे नाता प्रमाणित । ५. बच्चाकाे जन्मदर्ता र त्यसकाे फाेटाेकपी । ६. बसाईंसराई गरी अाउनेकाे हकमा बसाईंसराईकाे प्रमाणपत्र र स्थायी बसाेबास गरेकाे खुल्ने प्रमाण जस्तै लालपुर्जा, विजुली, पानी अादिकाे महशुल कार्ड । ७. कर्मचारी परिवारकाे लागि कार्यालयकाे सिफारिस । ८. बच्चाकाे ३ प्रति पासपाेर्ट साइजकाे फाेटाेकपी । ९. सनाखत गर्नकाे लागि नाता खुल्ने परिवारकाे सदस्य वा नातेदार सक्कलै नागरिकता सहित उपस्थित हुनुपर्नेछ । १०. नाबालिक परिचयपत्र हराई वा झुत्राे भई प्रतिलिपी लिनुपर्ने भएमा सिफारिस सहितकाे निवेदन तथा सक्कलै झुत्राे तथा व्यहाेरा खुल्ने प्रमाण पेश गर्नुपर्नेछ । |
रु १० काे टिकट | प्रमाण पुगेकै दिन । | प्र.अ./ शाखा हेर्ने ना.सु. |
कार्यालय प्रमुख |
||
| ३. अादिवासी जनजाती, दलित, मधेशी, मुस्लिम र अन्य कुनै व्यहाेरा प्रमाणित सन्बन्धी :- | ||||||||
| ३.१ |
अादिवासी जनजाती, दलित, मधेसी र मुस्लिम प्रमाणित
|
१. निवेदन २. नागरिकता प्रमाण पत्रकाे सक्कल र फाेटाेकपी ३.सम्बन्धित वडाकाे सिफारिसपत्र । ४. नेपालबाट एस.ई.ई. वा साे सरहकाे उमेर खुलेकाे प्रमाणपत्र । वा शैक्षिक संस्थाकाे सिफारिस पत्र ५. अन्य कागजहरू |
रु १० काे टिकट | प्रमाण पुगेकै दिन । | प्र.अ. / शाखा हेर्ने ना.सु. |
कार्यालय प्रमुख |
||
| ३.२ |
नाम, थर, उमेर, फरक परेकाे विवरण संशाेधन
|
१. निवेदन २. नागरिकता प्रमाणपत्रकाे सक्कल र फाेटाेकपी । ३. नेपालबाट एस.ई.ई. वा साे सरहकाे उमेर खुलेकाे प्रमाणपत्र । ४. शैक्षिक संस्थाकाे सिफारिस पत्र ५. सम्बन्धित वडाकाे सिफारिसपत्र । ६. परीक्षा नियन्त्रण कार्यालय / क्षेत्रीय शिक्षा निर्देशनालयमा व्यहाेरा सच्याउन सिफारिस गर्नुपर्दा एस.ई.ई. उत्तीर्ण गरेकाे ६ महिनाभित्र अावेदन दिइसकेकाे हुनुपर्नेछ । |
रु १० काे टिकट | प्रमाण पुगेकै दिन । | प्र.अ. / शाखा हेर्ने ना.सु. |
कार्यालय प्रमुख |
||
| ३.३ | कुनै व्यहाेरा प्रमाणित सम्बन्धी |
१. व्यहाेरा खुलेकाे निवेदन । २. सम्बन्धित वडाकाे सिफारिस । ३. नागरिकताकाे फाेटाेकपी र सक्कलै प्रमाणपत्र । ४. अन्य प्रमाणहरु । |
रु १० काे टिकट | प्रमाण पुगेकै दिन । | प्र.अ. / शाखा हेर्ने ना.सु. | कार्यालय प्रमुख | ||
| ३.४ | साविककाे नाता प्रमाणितकाे प्रतिलिपी | १. नाता प्रमाणित प्रमाणपत्रकाे नम्बर र मिति खुलाई सराेकारवालाले नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी सहित निवेदन दिनुपर्नेछ । | रु १० काे हुलाक टिकट | साेही दिन | कार्यालय प्रमुख / शाखा हेर्ने ना.सु. |
कार्यालय प्रमुख |
||
| ४. संस्था नविकरण, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी :- | ||||||||
| ४.१ | संस्था नविकरण |
१. रितपूर्वककाे निवेदन । २. कार्यसमितिकाे निर्णयकाे प्रतिलिपी । ३.लेखापरिक्षणकाे प्रतिवेदन। ४. लेखापरीक्षककाे अडिटर्स इजाजतपत्र । ५. वार्षिक प्रगति विवरण । ६. कार्यक्षेत्रसँग सम्बन्धित गा.पा. / न.पा. काे सिफारिसपत्र । ७. संस्था दर्ता प्रमाणपत्रकाे सक्कल । ८. नविकरण गर्नुअघि भएकाे साधारण सभाकाे निर्णयकाे प्रतिलिपी । |
नियमानुसार । | प्रक्रिया पुगेपछि | कार्यालय प्रमुख/ शाखाकाे ना.सु. | |||
| ४.२ |
संस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी |
१. रितपूर्वककाे निवेदन । २. तदर्थ भेलाकाे निर्णय । ३. विधानकाे ४ प्रति र साेमा तदर्थ समितिकाे पदाधिकारीहरूकाे दस्तखत (विधानकाे नमूना यसै वेब साइटकाे डाउनलाेडमा हेर्नुहाेस ) ४. प्रबन्ध समितिका पदाधिकारीहरूकाे नेपाली नागरिकताकाे प्रमाणपत्र र व्यक्तिगत विवरण ५. सम्बन्धित न.पा. वा गा.पा. काे सिफारिस । |
रू. १,०००।- |
प्रक्रिया पुगेपछि | कार्यालय प्रमुख / शाखाकाे ना.सु. | कार्यालय प्रमुख | ||
| ४. शान्ति सुरक्षा तथा उजुरी सम्बन्धी :- | ||||||||
| ४.१ | शान्ति सुरक्षाकाे निवेदन | १. निवेदककाे ना.प्र.काे प्रतिलिपी वा निजकाे पहिचान दिने कागजात संग्लन राखि मनासिव व्यहाेरा खुलेकाे निवेदन। | रु १० काे हुलाक टिकट | साेही दिन | कार्यालय प्रमुख / शाखा हेर्ने ना.सु. |
कार्यालय प्रमुख |
||
| ४.२ | गुनासाे वा ठाडाे उजुरी | १. निवेदककाे ना.प्र.काे प्रतिलिपी वा निजकाे पहिचान दिने कागजात संग्लन राखि मनासिव व्यहाेरा खुलेकाे निवेदन। | रु १० काे हुलाक टिकट | साेही दिन | कार्यालय प्रमुख / शाखा हेर्ने ना.सु. |
कार्यालय प्रमुख |
||
यस कार्यालयबाट प्रदान गरिने सेवा सम्बन्धमा थप केहि बुझनु परेमा कार्यालयकाे फाेन नं. ०७५-४००४७५ मा सम्पर्क वा aaorampurpalpa@gmail.com मा मेल गर्न सकिनेछ ।
© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, रामपुर, पाल्पा .