| सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
नागरिक वडापत्र |
|||||||||
|
इलाका प्रशासन कार्यालय, रामपुर, पाल्पा नागरिक वडापत्र क्र.सं. सेवा सुविधाकाे विवरण अावश्यक पर्ने कागजपत्र प्रमाणहरू लाग्ने शुल्क लाग्ने समय जिम्मेवार कर्मचारी वा शाखा गुनासाे सुन्ने कर्मचारी क्षतिपूर्ति सम्बन्धी व्यवस्था कैफियत १. नागरिकता सम्बन्धी :- १.१ वंशजकाे नाताले दिइने नागरिकता सम्बन्धी १. अनुसूची १ काे फाराममा वडा कार्यालयकाे सिफारिस २. बाबुकाे नागरिकता र विवाहित महिला भए पतिकाे नागरिकताकाे फाेटाेकपी समेत पेश गर्नुपर्ने । ३.साे नभए दाजु वा भाइ वा नजिककाे वंशज खुल्ने व्यक्तिकाे नागरिकताकाे फाेटाेकपी । ४.उपर्युक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु जस्तै लालपुर्जा अादि । ५. जन्म मिति खुल्ने एस.ई.ई./ एस.एल.सी. उत्तिर्ण गरेकाे शैक्षिक याेग्यताकाे चारित्रिक प्रमाणपत्र र लब्धांकपत्रकाे फाेटाेकपी वा जन्मदर्ताकाे फाेटाेकपी । ६. अटाे साइजकाे फाेटाे २ प्रति । नाेटः उपर्युक्त प्रमाण कागजातकाे साथै नाता खुल्ने व्यक्ति स्वयम् उपस्थित भै सनाखत गरिदिनुपर्ने । बसाईंसराई गरी अाउनेकाे हकमा निम्न लिखित थप कागजप्रमाण पेश गर्नुपर्नेः १. स्थानीय पञ्जिकाधिकारीकाे कार्यालयबाट जारी भएकाे बसाईंसराईकाे प्रमाणपत्र । २. जग्गाधनी प्रमाणपुर्जा । ३. नक्शा पास प्रमाणपत्र । ४. पानी, विजुली, टेलिफाेन अादिकाे महशुल कार्डकाे प्रमाण । रु १० काे टिकट प्रमाण पुगेकै दिन कार्यालय प्रमुख / नागरिकता शाखाका ना.सु. कार्यालय प्रमुख व्यक्ति र प्रमाणका सम्बन्धमा थप बुझ्नुपर्ने देखिएमा प्रहरी सर्जमिन गरिने । १.२ वैवाहिक अंगिकृत नागरिकता (महिलाका लागि) १. अनुसूची ७ बमाेजिमकाे सम्बन्धित वडाकाे सिफारिस । २. पतिकाे नागरिकताकाे फाेटाेकपी । ३. विवाह दर्ताकाे प्रमाणपत्र । ४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएकाे प्रमाण (यसकाे नमुना फाराम डाउनलाेडमा उपलब्ध छ) । ५. पतिकाे सनाखत, पति नभएमा नजिककाे नातेदारकाे सनाखत र निजकाे नागरिकताकाे प्रमाणपत्र । ६. अटाे साइजकाे फाेटाे २ प्रति । रु १० काे टिकट प्रमाण पुगकै दिन । कार्यालय प्रमुख / नागरिकता शाखाका ना.सु. कार्यालय प्रमुख व्यक्ति र प्रमाणका सम्बन्धमा थप बुझ्नुपर्ने देखिएमा प्रहरी सर्जमिन गरिने । १.३ कर्मचारी परिवारका लागि १. अनुसूची १ (वंशज) अथवा अनुसूची ७ (वैवाहिक अंगिकृत) सहितकाे स्थानीय वडा कार्यालयकाे सिफारिस । २. जिल्लामा कार्यरत नेपाल सरकारकाे स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी /शिक्षक भएकाे प्रमाण जस्तै परिचय पत्र । २. सम्बन्धित कार्यालयबाट नागरिकताकाे लागि सिफारिस गरेकाे पत्र । ३.अटाे साइजकाे फाेटाे २ प्रति । ४. पति / पिता, बाबुअामाकाे नागरिकताककाे प्रमाणपत्र । ५. विवाहित महिला भए विवाह दर्ता प्रमाणपत्र । ६.नाता खुल्ने व्यक्ति निजकाे नागरिकता सहित स्वयम् उपस्थित भै सनाखत गर्नुपर्ने । रु १० काे टिकट प्रमाण पुगेकै दिन । कार्यालय प्रमुख / नागरिकता शाखाका ना.सु. कार्यालय प्रमुख १.४ नागरिकता नलिएकी सम्बन्ध विच्छेद भएकी महिलाका लागि । १. अनुसूची १ बमाेजिमकाे सम्बन्धित वडाकाे सिफारिस । २. बुबाअामाकाे नागरिकताकाे प्रमाणपत्र । ३.साे नभए दाजु वा भाइ वा नजिककाे वंशज खुल्ने व्यक्तिकाे नागरिकताकाे फाेटाेकपी । ४.उपर्युक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु जस्तै लालपुर्जा अादि । ५. जन्म मिति खुल्ने एस.ई.ई./ एस.एल.सी. उत्तिर्ण गरेकाे शैक्षिक याेग्यताकाे चारित्रिक प्रमाणपत्र र लब्धांकपत्रकाे फाेटाेकपी वा जन्मदर्ताकाे फाेटाेकपी । ६. अटाे साइजकाे फाेटाे २ प्रति । ७. सम्बन्ध विच्छेद भएकाे अदालतकाे फैसला । ८. सम्बन्धित वडाबाट सम्बन्ध विच्छेद भएकाे घटना दर्ता प्रमाणपत्र । रु १० काे टिकट प्रमाण पुगेकै दिन कार्यालय प्रमुख / नागरिकता शाखाका ना.सु. कार्यालय प्रमुख प्रमाण कागजातकाे साथै नाता खुल्ने व्यक्ति स्वयम् उपस्थित भै सनाखत गरिदिनुपर्ने । १.५ प्रतिलिपी नागरिकताकाे प्रमाणपत्रका लागि १. ताेकिएकाे ढाँचा अनुसारकाे वडाबाट प्रमाणित सिफारिस । २.सक्कल वा झुत्राे भएकाे नागरिकता वा नागरिकता प्रमाणपत्र नम्वर वा जारी मिति खुलेकाे प्रमाण । ३.विवाहित महिलाकाे लागि विवाह दर्ता (पति कायम गर्न ) ४. बसाईंसराई गरी अन्य जिल्लाबाट अाएका नागरिकले यस जिल्लाबाट नागरिकताकाे प्रतिलिपी लिन चाहेमा जग्गाधनी प्रमाणपुर्जा, नक्शा पास प्रमाणपत्र, पानी, विजुली, टेलिफाेन अादिकाे महशुल कार्डकाे प्रमाण । ५.अन्य जिल्लाबाट नागरिकता जारी भएका नेपाल सरकारका कर्मचारीहरूले अाफ्नाे परिचयपत्र, स्थानीय वडाकाे सिफारिस र निज कार्यरत कार्यालयकाे सिफारिस । ६. सम्बन्ध विच्छेद भएका महिलाले पतिकाे नामथर हटाई माइती तर्फकाे नागरिकता लिन चाहेमा अदालतकाे फैसला र सम्बन्धित वडाबाट सम्बन्ध विच्छेदकाे घटना दर्ता प्रमाणपत्र । ७. अन्य जिल्ला वा कार्यालयबाट जारी भएका नागरिकताकाे सम्बन्धमा उक्त जिल्ला वा कार्यालयबाट नागरिकताकाे अभिलेख झिकाएर मात्र नागरिकताकाे प्रतिलिपी जारी गरिनेछ । रु १३ काे हुलाक टिकट प्रमाण पुगेकै दिन । कार्यालय प्रमुख / नागरिकता शाखाका ना.सु. कार्यालय प्रमुख सम्बन्ध विच्छेद भएका महिलाका लागि घटना दर्ता भएकाे मितिले ३५ दिन मात्र पछि नागरिकताकाे लागि निवेदन दिन सक्नेछन् । २. नाबालक परिचय पत्र सम्बन्धी :- २. नाबालक परिचयपत्रकाे लागि १. ताेकिएकाे ढाँचा बमाेजिमकाे निवेदन फाराम र सिफारिस । २. बाबु र अामाकाे सक्कलै नागरिकता र त्यसकाे फाेटाेकपी । ३. अामा बुवाकाे विवाह दर्ता प्रमाणपत्र । ४. बाबु अामासँगकाे नाता प्रमाणित । ५. बच्चाकाे जन्मदर्ता र त्यसकाे फाेटाेकपी । ६. बसाईंसराई गरी अाउनेकाे हकमा बसाईंसराईकाे प्रमाणपत्र र स्थायी बसाेबास गरेकाे खुल्ने प्रमाण जस्तै लालपुर्जा, विजुली, पानी अादिकाे महशुल कार्ड । ७. कर्मचारी परिवारकाे लागि कार्यालयकाे सिफारिस । ८. बच्चाकाे ३ प्रति पासपाेर्ट साइजकाे फाेटाेकपी । ९. सनाखत गर्नकाे लागि नाता खुल्ने परिवारकाे सदस्य वा नातेदार सक्कलै नागरिकता सहित उपस्थित हुनुपर्नेछ । १०. नाबालिक परिचयपत्र हराई वा झुत्राे भई प्रतिलिपी लिनुपर्ने भएमा सिफारिस सहितकाे निवेदन तथा सक्कलै झुत्राे तथा व्यहाेरा खुल्ने प्रमाण पेश गर्नुपर्नेछ । रु १० काे टिकट प्रमाण पुगेकै दिन । प्र.अ./ शाखा हेर्ने ना.सु. कार्यालय प्रमुख ३. अादिवासी जनजाती, दलित, मधेशी, मुस्लिम र अन्य कुनै व्यहाेरा प्रमाणित सन्बन्धी :- ३.१ अादिवासी जनजाती, दलित, मधेसी र मुस्लिम प्रमाणित १. निवेदन २. नागरिकता प्रमाण पत्रकाे सक्कल र फाेटाेकपी ३.सम्बन्धित वडाकाे सिफारिसपत्र । ४. नेपालबाट एस.ई.ई. वा साे सरहकाे उमेर खुलेकाे प्रमाणपत्र । वा शैक्षिक संस्थाकाे सिफारिस पत्र ५. अन्य कागजहरू रु १० काे टिकट प्रमाण पुगेकै दिन । प्र.अ. / शाखा हेर्ने ना.सु. कार्यालय प्रमुख ३.२ नाम, थर, उमेर, फरक परेकाे विवरण संशाेधन १. निवेदन २. नागरिकता प्रमाणपत्रकाे सक्कल र फाेटाेकपी । ३. नेपालबाट एस.ई.ई. वा साे सरहकाे उमेर खुलेकाे प्रमाणपत्र । ४. शैक्षिक संस्थाकाे सिफारिस पत्र ५. सम्बन्धित वडाकाे सिफारिसपत्र । ६. परीक्षा नियन्त्रण कार्यालय / क्षेत्रीय शिक्षा निर्देशनालयमा व्यहाेरा सच्याउन सिफारिस गर्नुपर्दा एस.ई.ई. उत्तीर्ण गरेकाे ६ महिनाभित्र अावेदन दिइसकेकाे हुनुपर्नेछ । रु १० काे टिकट प्रमाण पुगेकै दिन । प्र.अ. / शाखा हेर्ने ना.सु. कार्यालय प्रमुख ३.३ कुनै व्यहाेरा प्रमाणित सम्बन्धी १. व्यहाेरा खुलेकाे निवेदन । २. सम्बन्धित वडाकाे सिफारिस । ३. नागरिकताकाे फाेटाेकपी र सक्कलै प्रमाणपत्र । ४. अन्य प्रमाणहरु । रु १० काे टिकट प्रमाण पुगेकै दिन । प्र.अ. / शाखा हेर्ने ना.सु. कार्यालय प्रमुख ३.४ साविककाे नाता प्रमाणितकाे प्रतिलिपी १. नाता प्रमाणित प्रमाणपत्रकाे नम्बर र मिति खुलाई सराेकारवालाले नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी सहित निवेदन दिनुपर्नेछ । रु १० काे हुलाक टिकट साेही दिन कार्यालय प्रमुख / शाखा हेर्ने ना.सु. कार्यालय प्रमुख ४. संस्था नविकरण, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी :- ४.१ संस्था नविकरण १. रितपूर्वककाे निवेदन । २. कार्यसमितिकाे निर्णयकाे प्रतिलिपी । ३.लेखापरिक्षणकाे प्रतिवेदन। ४. लेखापरीक्षककाे अडिटर्स इजाजतपत्र । ५. वार्षिक प्रगति विवरण । ६. कार्यक्षेत्रसँग सम्बन्धित गा.पा. / न.पा. काे सिफारिसपत्र । ७. संस्था दर्ता प्रमाणपत्रकाे सक्कल । ८. नविकरण गर्नुअघि भएकाे साधारण सभाकाे निर्णयकाे प्रतिलिपी । नियमानुसार । प्रक्रिया पुगेपछि कार्यालय प्रमुख/ शाखाकाे ना.सु. ४.२ संस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी १. रितपूर्वककाे निवेदन । २. तदर्थ भेलाकाे निर्णय । ३. विधानकाे ४ प्रति र साेमा तदर्थ समितिकाे पदाधिकारीहरूकाे दस्तखत (विधानकाे नमूना यसै वेब साइटकाे डाउनलाेडमा हेर्नुहाेस ) ४. प्रबन्ध समितिका पदाधिकारीहरूकाे नेपाली नागरिकताकाे प्रमाणपत्र र व्यक्तिगत विवरण ५. सम्बन्धित न.पा. वा गा.पा. काे सिफारिस । रू. १,०००।- प्रक्रिया पुगेपछि कार्यालय प्रमुख / शाखाकाे ना.सु. कार्यालय प्रमुख ४. शान्ति सुरक्षा तथा उजुरी सम्बन्धी :- ४.१ शान्ति सुरक्षाकाे निवेदन १. निवेदककाे ना.प्र.काे प्रतिलिपी वा निजकाे पहिचान दिने कागजात संग्लन राखि मनासिव व्यहाेरा खुलेकाे निवेदन। रु १० काे हुलाक टिकट साेही दिन कार्यालय प्रमुख / शाखा हेर्ने ना.सु. कार्यालय प्रमुख ४.२ गुनासाे वा ठाडाे उजुरी १. निवेदककाे ना.प्र.काे प्रतिलिपी वा निजकाे पहिचान दिने कागजात संग्लन राखि मनासिव व्यहाेरा खुलेकाे निवेदन। रु १० काे हुलाक टिकट साेही दिन कार्यालय प्रमुख / शाखा हेर्ने ना.सु. कार्यालय प्रमुख यस कार्यालयबाट प्रदान गरिने सेवा सम्बन्धमा थप केहि बुझनु परेमा कार्यालयकाे फाेन नं. ०७५-४००४७५ मा सम्पर्क वा aaorampurpalpa@gmail.com मा मेल गर्न सकिनेछ । |
|||||||||
© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, रामपुर, पाल्पा .